चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वसँग भेटवार्ता | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वसँग भेटवार्ता


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल भएको थियो । उनी शनिबार बिहानै शिवपुरी हाइकिङ गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसँगको शनिबारको भेटमा ९ वटा समझदारीमा हस्ताक्षर भएको छ ।

शनिबार नै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणासँगै साँचो हस्तान्तरणसमेत भएको छ । शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोजमा विदेशमन्त्री वाङ सहभागी भए ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति भण्डारीसँग बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्दै गर्दैछन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ताको कार्यक्रम तय भएको छ । बिहान ११ बजेपछि ओलीसँग भेट हुनेछ भने पौने १२ बजेपछि प्रचण्डसँग भेटवार्ता हुनेछ ।

शुक्रबार नेपाल आएका वाङ चिनियाँ विशेष विमानबाट आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : ५१ बजे

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न

म्याग्दीको मालिकास्थित डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको