‘मिसेस मंगोल नेपाल २०१९’ बनिन् विमला पाइजा « Khabarhub

‘मिसेस मंगोल नेपाल २०१९’ बनिन् विमला पाइजा


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिसेस मंगोल नेपाल २०१९’ उपाधि विमला पाइजाले जितेकी छिन् । १३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले ‘मिसेस मंगोल नेपाल २०१९’ को ताज हात पारेकी हुन् ।

मंगलवार राजधानीको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस मंगोल नेपाल २०१९’ को उपाधि बिमला पाइजाले चुम्दा फस्ट रनरअपको उपाधि शान्ति तामाङले आफ्नो पोल्टामा पारिन् । यस्तै ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जितिन् ।

‘मिसेस मंगोल नेपाल २०१९’ को निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै विमलाले उपाधि जितिन् । यस्तै बेस्ट ट्यालेन्टको उपाधि पनि विमलाकै पोल्टामा पर्‍यो । विजेताले ताज, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मंगोलियन समुदायका विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस मंगोल नेपाल २०१९’ लाई एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको थियो ।

विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरुले प्रदान गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : ४६ बजे

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित