युक्रेनमा रुसी आक्रमण ‘रणनीतिक विफलता’ – बाइडेन « Khabarhub

युक्रेनमा रुसी आक्रमण ‘रणनीतिक विफलता’ – बाइडेन


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि  ‘रणनीतिक रुपमा विफल’ भएको टिप्पणी गरेका छन् । युरोप भ्रमणका क्रममा युक्रेनको छिमेकी देश पोल्याण्डको राजधानी वार्सामा सम्बोधन गर्दै बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा टिक्न नसक्ने समेत बताएका छन् ।

युक्रेनलाई समर्थन गर्न विश्वका प्रजातन्त्रहरूलाई एकजुट हुन आह्वान गर्दै राष्ट्रपति बाइडेनले पुटिनप्रति संकेत गर्दै भने, ‘ईश्वरका लागि यो मान्छे शक्तिमा रहन सक्दैन ।’

यता राष्ट्रपति बाइडेनको टिप्पणीलाई लिएर रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र बताएको क्रेमलिनले जनाएको छ । राष्ट्रपति बाइडेनको भनाइको विरोध गर्दै क्रेमलिनले अमेरिकाका बारेमा टिप्पणी गर्ने अधिकार नभएको प्रतिक्रिया दिएको छ ।

‘त्यसबारे निर्णय गर्ने अधिकार बाइडेनलाई छैन । रुसका राष्ट्रपतिलाई रुसी जनताले निर्वाचित गर्छन्’ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्ससँग भने ।

रुसको प्रतिक्रियापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका एक अधिकारीले राष्ट्रपति बाइडेनले रुसमा शासन परिवर्तनका लागि आह्वान नगरेको तर त्यसको अर्थ  ‘पुटिनलाई आफ्ना  छिमेकी वा क्षेत्रमा शक्ति प्रयोगका लागि अनुमति दिन नसकिने’ रहेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ४२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र