‘युक्रेनबाट पछि हटेमा रुसमाथिका प्रतिबन्ध फुकुवा हुनसक्छ’ – बेलायती विदेशमन्त्री | Khabarhub Khabarhub

‘युक्रेनबाट पछि हटेमा रुसमाथिका प्रतिबन्ध फुकुवा हुनसक्छ’ – बेलायती विदेशमन्त्री


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन आक्रमणबाट पछि हटेको खण्डमा रुसमाथि लगाइएका प्रतिबन्धहरू समेत हटाउन सकिने बेलायती विदेशमन्त्री लिज ट्रसले जनाएकी छिन् ।

बेलायतबाट प्रकाशित हुने टेलिग्राफ अखबारले जनाएअनुसार युक्रेनबाट पछि हटेको र आइन्दा आक्रमण नगर्ने प्रतिबद्धता जनाएको खण्डमा रुसी धनाढ्य र कम्पनीविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा गर्न सकिने ट्रसको भनाइ छ ।

‘हामीलाई के थाहा छ भने रुसले धेरै सम्झौता गरेपनि पालना गर्दैन । त्यसैले कठोर व्यवस्था हुनुपर्छ । अवश्य पनि यस्ता प्रतिबन्धहरू कठोर व्यवस्था हो ।’ टेलिग्राफलाई दिएको अन्तरवार्तामा उनले भनिन् ।

‘यस्ता प्रतिबन्धहरु पूर्ण युद्धविराम र सेनाफिर्तीपछि मात्रै फुकुवा हुनेछन् तर यसका लागि भविष्यमा आक्रामकतालाई पनि त्याग्नुपर्ने हुन्छ । अनि भविष्यमा आक्रामक भएको खण्डमा फेरि प्रतिबन्ध लगाउने अवस्था पनि आउनसक्छ ।’ उनले थपिन् ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले हालसम्म विभिन्न रुसी बैंक एवम् वित्तीय संस्थामाथि ५ खर्ब पाउण्ड बराबरको प्रतिबन्ध लगाएको छ भने रुसी धनाढ्यहरुमाथि १ खर्ब ५० अर्ब पाउण्ड भन्दा धेरैको प्रतिबन्ध लगाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि बेलायतसँगै, युरोपेली युनियन, अमेरिका, जापान, क्यानाडा लगायतका आर्थिक महाशक्तिले रुसी कम्पनी एवम् धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : २० बजे

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी– लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन