म्यान्चेस्टर युनाइटेड लिगको शीर्ष चौथो स्थानमा उक्लिायो « Khabarhub

म्यान्चेस्टर युनाइटेड लिगको शीर्ष चौथो स्थानमा उक्लिायो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा फुलहाममाथि ३—० गोल अन्तरले जित निकालेको म्यानचेस्टर युनाइटेड लिगको शीर्ष चौथो स्थानमा उक्लिएको छ । पाउल पोग्वा र एन्थोनि मार्सेलले गोल गर्दै टिमका लागि लगातार १० औं जित दिलाएका हुन् ।

पूर्व प्रशिक्षक जोसे माउरिन्होले क्लब छाडेपछि केयर टेकर प्रशिक्षकका रुपमा क्लबमा भित्रिएका प्रशिक्षक ओले गनर सोल्सायरले क्लब सम्हालेपछिको यो जित युनाइटेडका लागि ११ खेलमध्ये १० औं जित हो ।

शीर्ष स्थानमा लिभरपुलको पुनरागमन हुँदा म्यानचेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको हो ।

सोल्सायरले क्लब सम्हालेपछि ११ औं सफलता दिलाउन पाउल पोग्वाले दुई गोल गरे । उनले खेलको १४ औं तथा ६५ औं मिनेटमा गोल गरेका थिए । खेलको २३ औं मिनेटमा मार्सेलले गोल गर्दै टिमलाई पहिलो हाफमा २—० गोलले अघि रहेको युनाइटेडका खेलाडीलाई फुलहामका खेलाडीले फाउल गरेपछि ६५ औं मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो ।

युनाइटेडले पाएको पेनाल्टी प्रहार गरेका पोग्वाले बललाई जाली चुमाउँदा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।
त्यस्तै, शनिबारै भएको प्रिमियर लिगको अर्को खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई ३—० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलका लागि सदियो माने, जर्जीगिनिओ विज्नाल्डीयम र मोहमद सलाहले गोल गर्दैै टिमलाई शीर्ष स्थानमा पुर्याए ।

बर्नमाउथविरुद्ध पहिलो हाफमा ३—० गोलले अघिरहेको लिभरपुलका लागि खेलाडीहरुले दोस्रो हाफमा भने गोल गर्न सकेनन् ।

पहिलो हाफको २४ औं मिनेटमा मानेले ३४ औं मिनेटमा विज्नाल्डीयम तथा ४८ औं मिनेटमा स्टार खेलाडी मोहमद सलाहले गोल गरे ।

लिभरपुलले शनिबार राति बर्नमाउथविरुद्ध जित निकाल्दै लिगमा ६५ अंकसहित दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुरी बढाएको छ । टोटनह्याम ५७ अंकसहित तेस्रो स्थानमा रहँदा ५१ अंकसहित युनाइटेड चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : ०८ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा