रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ « Khabarhub

रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका पृथकतावादी नेताले रुसमा विलय हुने विषयमा मतदान गर्न चाहेको बताएका छन् ।

स्वघोषित लुहान्स्क जनगणतन्त्रका प्रमुख लियोनिड पेश्चेनिकले रुसमा विलय हुने विषयमा निकट भविष्यमा नै जनमत संग्रह आयोजना गर्न सकिने बताएको समाचार संस्था एपीले जनाएको छ ।

एपीका अनुसार मतदाताहरूलाई रुसको हिस्सा हुने वा नहुने विषयमा जनमत संग्रह गरिने उनको भनाइ छ ।

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेपछि पनि जनमत संग्रहको आयोजना गरेको थियो । उक्त जनमत संग्रहमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको नतिजा आएको दाबी गर्दै रुसले क्राइमियालाई आफूमा गाभेको थियो । यद्यपि विदेशी पर्यवेक्षकले भने जनमत संग्रह अत्यन्त धाँधलीपूर्ण रहेको बताएका थिए ।

सन् २०१४ मा युक्रेनमा तत्कालीन रुस समर्थित राष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गर्नेगरी भएको आन्दोलनपश्चात युक्रेनको रुसी भाषीको बहुलता रहेको पूर्वी क्षेत्रमा लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र गरी दुई स्वघोषित ‘राज्य’ स्थापित छन् । रुसले दुबै ‘राज्य’ हरुलाई समर्थन गर्दै आएको छ ।

रुसले यी दुबैलाई गत २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुपूर्व २१ फेब्रुअरीमा स्वतन्त्र राज्यको मान्यता दिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ४५ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर