भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीको नियन्त्रणमा « Khabarhub

भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीको नियन्त्रणमा


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- महाकाली नदीमा ढुंगा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुंगा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरीले जेसीबीको चाबी नियन्त्रणमा लिएको हो ।

कलोन क्षेत्रमा भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसीबीको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपाली क्षेत्रमा प्रवेश गर्नका लागि भारतले कुनै अनुमति नलिएको उनको भनाइ छ । ‘नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको जस्तो देखियो । तर हाम्रो बाटो प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।

चाबी नियन्त्रणमा लिएको भए पनि भारतीय जेसीबी फिर्ता भएको छ । दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी देखि कलोन क्षेत्रसम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

भारतले हाल आफ्नो पुरानो तटबन्धभन्दा करिब १० मिटर वर नयाँ तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी काम भइरहेको भन्दै दार्चुलाबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले भारतीय तटबन्ध निर्माणको काम रोकिनुपर्ने बताएका छन् ।

भारतले निर्माण गरिरहेको तटबन्धको सन्दर्भमा हालै नेपाली स्थानीय प्रशासन र भारतीय स्थानीय प्रशासनबीच छलफल भएको छ । आफूले निर्माण गरिरहेको तटबन्धको डिजायन तथा संरचना बारे भारतले नेपाली पक्षलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

भारतीय तटबन्धको डिजायनबारे माथिल्लो निकायलाई जानकारी गराइएको र तटबन्ध बारे विस्तृत अध्ययनका लागि विज्ञटोली पठाउन अनुरोध गरेको उनले बताए ।

नेपालले बनाइरहेको तटबन्धको काम ठप्प

दार्चुला सदरमुकाम नजिकैको क्षेत्र महाकाली नगरपालिका वडा नम्बर १ कलोनमा निर्माण भइरहेको तटबन्धको काम रोकिएको छ । काम सुचारु गर्न भन्दै स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

भारतले आफ्नो तटबन्ध बनाउँदा नेपाली क्षेत्रमा पुगी ढुंगा लगिरहेकाले वर्षायाममा नदीको धार नेपालतर्फ फर्किने जोखिम बढेको कलोनका स्थानीय सुरेन्द्रराज जोशीको भनाइ छ । कलोन क्षेत्रको महाकाली नदी किनारमा ग्याबिन जालीको तटबन्ध निर्माण गरिएको भए पनि गत बर्षातमा नदीले बगाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ५० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र