एजेन्सी– युक्रेनमा मस्कोको आक्रमणका बाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उद्देश्य नरहेको जर्मनीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको याे भनाइ आएको हो ।
‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने ।
सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ उनले थपे ।
लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए ।
युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए ।
प्रतिक्रिया