अफगानिस्तानमा ९५ प्रतिशतले पर्याप्त खाना नपाउने प्रतिवेदन सार्वजनिक « Khabarhub

अफगानिस्तानमा ९५ प्रतिशतले पर्याप्त खाना नपाउने प्रतिवेदन सार्वजनिक


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा खाद्य असुरक्षा अत्यन्त गम्भीर अवस्थामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको नयाँ प्रतिवेदनले अफगानिस्तानका ९५ प्रतिशत मानिसहरुले पर्याप्त खाना खान नपाएको देखिएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिवका सहायक विशेष प्रतिनिधि एवम् मानवीय संयोजक रमिज अलाकबारोभले प्रतिवेदन सार्वजनिक गर्दै अफगानिस्तानका मार्च महिनामा अफगानिस्तानमा गम्भीर प्रकृतिको भोकमरीको चपेटामा परेका अफगानहरुको संख्या २ करोड ३० लाख पुगेको बताएका हुन् ।

यो सङ्ख्या गत वर्षको जुलाई महिनामा १ करोड ४० लाख रहेको उनको भनाइ छ । खाद्य असुरक्षाका कारण अफगान नागरिकहरुले छाक छाड्ने र भारी ऋण लिनेजस्ता भयानक कदम चाल्न विवश भएको उनले बताए ।

बालबालिकामा खाद्य असुरक्षाको अवस्था अझ गहिरो रहेको बताउँदै उनले अफगानिस्तानमा ३५ लाख केटाकेटीलाई पोषणयुक्त उपचारको खाँचो रहेको बताए ।

खडेरी र आर्थिक एवम् बैंकिङ प्रणालीमा उत्पन्न संकटका कारण खाद्य असुरक्षा अझ बढेको उनको भनाइ छ । उनले हाल ८० प्रतिशत अफगानहरु ऋणको चपेटामा परेको समेत बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ४५ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज