धनुषामा दुर्घटना, एउटै मोटरसाइकलमा सवार ४ बालकको मृत्यु « Khabarhub

धनुषामा दुर्घटना, एउटै मोटरसाइकलमा सवार ४ बालकको मृत्यु


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सोमबार साँझ सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका हुन् । एउटै मोटरसाइकलमा पाँचै जना सवार रहेको घाइते यादवले जनाएको प्रवक्ता बस्नेतले बताए ।

ज.६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये चार जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ०५ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के