बालुवाटार क्षेत्रमा ढल तथा वर्षातको पानी व्यवस्थापन कार्य सुरु « Khabarhub

बालुवाटार क्षेत्रमा ढल तथा वर्षातको पानी व्यवस्थापन कार्य सुरु


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्य बालुवाटारमा शिलान्यास गरेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको काठमाडौँ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजनाबाट काठमाडौँ महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवाससहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षातको पानी व्यवस्थापनको कार्य सुरु भएको हो ।

कार्यक्रममा मन्त्री चौधरीले दशकौंदेखि बालुवाटार क्षेत्र वर्षाका बेला जलमग्न हुने र ढलको समेत उचित निकास नहुँदा समस्या पर्ने गरेकाले यस क्षेत्रमा ढल तथा वर्षातको पानी व्यवस्थापनको कार्य सुरु गरिएको बताए ।

उनले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र र बाहिर पनि वर्षाका बेला जलमग्न हुने समस्या रहेको उल्लेख गर्दै त्यहाँ पनि सिंहदरबार गुरू योजनालाई प्रभाव नपर्ने गरी ढल व्यवस्थापन गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

मन्त्री चौधरीले ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य गुणस्तरीय रूपमा तोकिएकै समयमा सम्पन्न गर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यले वर्षाका बेला पानी जम्ने, वस्ती डुवानमा पर्ने र ढल फुट्ने जस्ता समस्याबाट दशकौंदेखि काठमाडौँ उपत्यकावासी प्रभावित हुँदै आएको उल्लेख गर्दै वैज्ञानिक किसिमले ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्यलाई तीव्रता दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिए ।

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापनको कार्य १० करोड ५३ लाखको लागतमा आगामी १५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिएका थिए ।

बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्यअन्तर्गत बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नं. १ देखि सुकुना मार्ग हुँदै टुकुचा खोलासम्म ह्युम पाइप तथा डबल वाल कोरुगेटेड पाइप बिच्छ्याइनेछ ।

यस कार्यबाट बालुवाटार क्षेत्रमा रहेका प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंकलगायत अन्य सरकारी निकाय र त्यस क्षेत्रका करिब ९ हजार २४६ जना लाभान्वित
हुने छन् ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ तथा त्रिरेशप्रसाद खत्री र खानेपानी विभागका महानिर्देशक सुर्यराज कँडेललगायत उपस्थित थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : १७ बजे

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल

तेहरान- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको