म्यादी प्रहरी छनौट प्रक्रिया सुरु « Khabarhub

म्यादी प्रहरी छनौट प्रक्रिया सुरु


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ ।

म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षा सुरु भएको हो । अन्य जिल्लामा जस्तै ताप्लेजुङमा पनि आजबाट छनौट प्रक्रिया सुरु भएको छ ।

ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर १ हजार ६०२ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका छन् ।

यो माग संख्याको अढाई गुणा बढी हो । शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटप र बुसप लगायतका स्वास्थ्य प्रारम्भिक स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बुधवार आठ सय जनाको छनौट परीक्षण हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारलाई शुक्रबार लिखित परीक्षा हुने छ । आइतबार लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने छ । सोमबार छनौट सफल भएका उम्मेदवारको अन्तिम नतिजा प्रकाशन हुने जिल्ला प्रहरी कार्यालयले जनाको छ ।

छनौट भएका उम्मेदवारहरूलाई चैत २८ गते प्रशिक्षण हुने छ । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ उपलब्ध हुने छ  । बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ३९ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला