दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

 स्थानीय आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने काँग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

नेपाल चीन रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय

सरकारले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गरेको छ । त्यस्तै मन्त्रिपरिषद्ले नेपाल र चीनबीच ग्रीड आबद्धताको सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।

आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै आधार तयार गरेको छः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै आधार तयार गरेको दावी गरेका छन् । आज रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित वनवाटिकामा निर्माण गरिएको भ्युटावर उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले गरेको पूर्वाधार विकासका कामको जनमानसलाई पनि जानकारी गराउनुपर्ने बताए । एमालेले गरेका काम जनतालाई भ्रममा पारेर अरु कसैले जस लिन सक्ने भन्दै उनले सचेत नागरिकले ख्याल गर्नुपर्ने धारणा राखे ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले न्यायपरिषदबाट सर्वोच्चको न्यायाधीश पदमा प्रस्तावित श्रेष्ठको नाममा आवश्यक संसदीय सुनवाई गरी सर्वसम्मतिले अनुमोदन गरिएको जानकारी दिए ।

बिमस्टेक शिखर सम्मेलनमा चार वटा सम्झौतामा हस्ताक्षर हुने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिमस्टेक महासन्धि, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आबद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्रमा भोलि हस्ताक्षर हुने जानकारी दिइन् ।

परराष्ट्रमन्त्री खड्का र समकक्षी जयशंकरबीच भेट

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । श्रीलंकामा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास बिमस्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा दुई समकक्षीबीच ‘साइडलाइन’ भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशविचको कनेक्टिभिटी, ऊर्जा, मल र स्वास्थ्यको विषयमा छलफल भएको बताइएको छ ।

पेट्रोलियम पदार्थको खपत घटाउन विकल्प अघि सारियो

आर्थिक संकट चुलिएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन विभिन्न विकल्प अघि सारेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आज पत्र पठाउँदै निगमले सरकारी कार्यालयमा आइतबार पनि सार्वजनिक विदा दिन प्रस्ताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर लगाउन सुझाव दिइएको छ ।

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतीय सवारी साधनको आयातलाई प्रोत्साहन गर्न तथा खाना पकाउने एलपी ग्यासको विकल्पमा इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहित गर्न पनि आग्रह गरिएको प्रवक्ता उपाध्यायले बताए ।

पेट्रोलियम सवारीलाई विद्युतसहित वैकल्पिक इन्धनबाट चल्ने बनाउन छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने गाडीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामुलक फेरबदल गर्न तीन वर्षसम्मका लागि छुट दिने निर्णय गरको हो । यातायात व्यवस्था ऐनले सरकारको अनुमति नलिई सवारीमा पार्टपूर्जाबाहेक अन्य कुनै प्रकारको परिवर्तन गर्न नहुने व्यवस्था गरेको छ ।

विवेकशील साझा पार्टीको केन्द्रीय पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द

विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । आज पार्टी कार्यालयमा दुईपक्षको विवाद उत्कर्षमा पुगेपछि पार्टी कार्यालय बन्द गरिएको हो । पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । यसअघि सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो ।

टीयू सेवा आयोगका तत्कालीन प्रमुख कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी सूची फेरबदल गरेको लगायतको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सहप्राध्यापकद्वय केशव घिमिरे र राजेश्वर न्यौपाने, पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, प्रा. डा. टेकनाथ ढकाल, आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन

नाबालिका गायिकालाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पूर्पक्षका लागि थुनामा रहेका पूर्णविक्रम शाह (पल) ले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।पलका तर्फबाट कानुन व्यवसायीले आज तनहुँ जिल्ला अदालत थुनछेक आदेशविरुद्ध निवेदन दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको चैत १ को आदेशले पल शाहलाई पूर्पक्षका लागि जेल चलान गरेको थियो ।सो आदेश खारेज गरिपाउँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ३ सय २२ पीसीआर परीक्षणमा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार आज ८६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

शेयर कारोबार परिसूचक नेप्से आज पनि १४ अंक बढीले घट्यो

शेयर कारोबार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ । आज नेप्से १४ दशमलव २६ अकंले घटेर २ हजार ५ सय २७ दशमलव ५८ विन्दुमा पुगेको हो । कुल ३८ लाख ९० हजार १ सय ३१ कित्ता शेयर आज १ अर्ब ७५ करोड ६ लाख २८ हजार १सय ९९ रुपैँयामा कारोबार भएको छ ।

आज इमर्जिङ नेपाल लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ ।यस्तै राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र हिमालयन डिस्टिलरी अगाडि रहेको छ ।

बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह

नुवाकोटका स्थानीयले सरकारसँग बञ्चरेडाँडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा काठमाडौं आएको नुवाकोटको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो आग्रह गरेको हो । स्थानीय बासिन्दाले फोहररहित मानव बस्तीको अवधारणाअनुरूप फोहोर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।

विद्युतीय कारोबार ऐनको दुरुपयोग गरेको आरोप

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारले विद्युतीय कारोबार ऐनको दुरुपयोग गरेको आरोप लगाएको छ । एम्नेस्टीले आज सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१/२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा सरकार र सत्तारुढ दलका नेताको आलोचना गर्नेलाई नियन्त्रणमा लिन उक्त ऐनको प्रयोग गरेको जनाएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ४७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मरे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत

तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान सुरु

सिमकोट – सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा

‘अन्डरवर्ल्ड’मा ‘सुपारी’बाट कसरी तय हुन्छ हत्या योजना?

नयाँ दिल्ली– सन् १९९७ अगस्त १२ का दिन म्युजिक कम्पनी

लोपउन्मुख मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा

काँक्रेविहार –आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट

सुपा देउराली पुग्ने सडकको विस्तार

अर्घाखाँची– देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने