‘चालु खर्च’ नै ‘पूँजी खर्च’ हो : अर्थमन्त्री « Khabarhub

‘चालु खर्च’ नै ‘पूँजी खर्च’ हो : अर्थमन्त्री


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटले विकासका प्रसश्तै ढोकाहरु खोलेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै समग्र बजेटले विकासको अधारहरुलाई ध्यान दिएकाले बजेटले विकासका ढोकाहरु खोलेको उनको भनाई थियो ।

संसदमा प्रतिपक्षीले चालु खर्च बढी भएकाले बजेट विकासमुखी हुन नसकेको भन्दै बजेटको उद्देश्यप्रति बारम्बार प्रश्न उठाएका थिए । सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले चालु खर्चले समेत पुँजीखर्चको भूमिका खेल्नेगरी बजेट निर्माण भएकाले बजेट विकासमुखी नै रहेको दावी गरे । उनले भने ‘कृषि विकासका लागि दिइने अनुदान, रासायनिक मल खरिदका लागि दिइने अनुदान, प्राविधिक अनुदानजस्ता विषय पनि ‘चालु खर्च’ होे तर यसले अन्ततगत्व विकासलाई नै टेवा पुर्‍याउँछ । तपार्इंहरु यसलाई कसरी बुझ्नु हुन्छ ?’

मन्त्री खतिवाडले सरकारले समाजिक दायित्व पूरा गरेको भन्दै बृद्धभत्ता वृद्धिको विषयमा नकारात्मक टिप्पणी गर्नु उचित नभएको तर्क गरे । उनले भने ‘हजुर–आमाबुबाले पाएको भत्ताले उनकै नातिनातिनालाई कपि, किताब र पेन्सिल किनी दिनुहुन्छ, यो खर्चलाई के भन्नु हुन्छ ? चालु खर्च वा विकास खर्च ?’

मन्त्री खतिवडाले चालु खर्च वा पूँजी खर्च कति छुट्याईयो भन्ने सवाल ठूलो नभएको भन्दै बजेटको सार्थकता र लक्ष्य के हो भन्ने विषयमा सबैले ध्यान दिनुपर्ने सुझाए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरेको समेत उनले जिकिर गरे । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको उदाहरण दिँदै सरकार सधैँभरी जनकल्याणको कार्यमा जुटिरहेको र बजेट पनि त्यतैतिर अग्रसर भएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : २४ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब