चितवनमा आजदेखि ‘मह उत्सव’ हुँदै « Khabarhub

चितवनमा आजदेखि ‘मह उत्सव’ हुँदै


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा आजदेखि पुस १५ गतेसम्म ‘मह उत्सव’ हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि ‘मह उत्सव’को आयोजना गरेको हो ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ ।

परियोजनाले मौरीजोन अन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५–७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताए ।

चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : २२ बजे

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

वासिङ्टन– अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता

ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस संवाददाता सङ्घलाई

लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१

मनोहरा किनारको सुकुमबासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचनामा आज

पेप्सीकोलामा मध्यरातमा आठ सवारीसाधन तोडफोड, एक जना पक्राउ

काठमाडौँ – काठमाडौँको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यरातमा एक समूहले पार्किङ