श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती « Khabarhub

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । समाचार संस्था एएफपीका अनुसार देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ । यो आर्थिक संकट सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलङ्कामा प्रयोग हुने बिजुली मध्ये ४० प्रतिशत जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेको बताइएको छ । 

पर्याप्त वर्षा नभएकाले जलाशयमा पानीको मात्रा कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।  

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको एएफपीले जनाएको छ । कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको एएफपीले जनाएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : १८ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका