‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका | Khabarhub Khabarhub

‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खल्ती डिजिटल वालेट ‘खल्ती लेख-स्टार’ को खोजी गरेकाे छ । जसअन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र २५ हजार जित्न सक्ने छन्।

‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुलाई नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गर्दै ‘खल्ती’ लाई पठाउनु पर्नेछ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स , र्‍याप आदि मार्फत् सोसल मिडियामा प्रस्तुत गरी हयासट्याग खल्ती लेखस्टार राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ।

पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरणसहित पठाएर प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता चैत्र १५ देखि बैशाख १४ गतेसम्म लागु हुनेछ।

यस अफरअन्तर्गत घोषित विजेताले ५० हजार रुपैयाँ हात पार्ने छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार जित्नेछन् । त्यस्तै सान्त्वना हुने ५ जनाले पाँच–पाँच हजार रुपैयाँ पाउनेछन्। साथै ३ जना विजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउने छन्।

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवनसँग आबद्द शब्द भइसकेको छ। यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख–स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरूलाई हौसला दिने उद्देश्यले यो योजना ल्याएका छौँ। यस प्रतियोगितामा आबद्ध हुन सबैलाई आह्वान गर्छु।’

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : २१ बजे

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्

दोलखाको मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात 

दोलखा– जिल्लामा यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान

मधेशका गाउँगाउँमा मनाइयो छठ

काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा

‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित

काठमाडौं – नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले