यी हुन् संसारमै सबैभन्दा लामो जिब्रो भएका भारतीय | Khabarhub Khabarhub

यी हुन् संसारमै सबैभन्दा लामो जिब्रो भएका भारतीय


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०।८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ एडनबराका अनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन्दा साढे दुई सेन्टिमिटर लामो हो ।

आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो साथीहरुकोभन्दा ठूलो लागेको थियो । त्यसपछि उनले जिब्रोबाट नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन थाले । झन्डै उनले आखाँ छुन्छन् ।

रकम अभावमा उनले आफ्नो जिब्रो आधिकारिक रूपमा गिनिज रेकर्डबाट मापन गर्न सकेनन् । तर, देशकै सबैभन्दा लामो जिब्रो भएको भन्दै उनले आफ्नो नाम भारतको लिम्का बुक अफ रेकर्डमा भने दर्ता गराउन सफल भएका छन् ।

केही वर्षअघि प्रवीणले एक मिनेटमा २१९ पटक जिब्रोले नाक छोएपछि एसिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।

गिनिज रेकर्डअनुसार हाल क्यालिफोर्नियाको सालिनासका निक स्टोबर संसारकै सबैभन्दा ठूलो जिब्रो भएका व्यक्ति हुन् । उनको जिब्रोको लम्बाई १० दशमलब १ सेन्टिमिटर छ । योे प्रविणको भन्दा ० दशमलब ८ सेन्टिमिटर छोटो हो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ३० बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ