ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन « Khabarhub

ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुनका लागि दोब्बरभन्दा धेरैको आवेदन परेको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्धिविक्रम शाहका अनुसार दुई हजार ९०४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन् ।

उनले भने, ‘अघिल्लो पल्टभन्दा केही कम नै हो । तर, एक हजार १२५ जना आवेदन मागेकोमा दुई हजार ९०४ जनाको निवेदन परेकाे छ ।’

आवेदन दिनमध्ये पनि केही छनौट प्रक्रियामा भाग लिन नआएको एक प्रहरी अधिकृतले बताए । उनले भने,‘अघिल्लो निर्वाचनको बेला म्यादीमा भर्ना हुने युवाहरू छनौटको पहिलो दिनमा नै भीडभाड हुन्थ्यो । तर, यसपल्ट धेरै भीडको सामना गर्नु परेको छैन ।’

उनका अनुसार अहिले महिलाको संख्यामा भने केही वृद्धि भएको छ । जावलाखेल फुटवल ग्राउण्डमा भइरहेको शारीरिक छनौट प्रक्रिया बिहीबारसम्म चल्लेछ भने शुक्रबार लिखित परिक्षा हुनेछ । २१ चैत्रमा लिखितमा उत्तीर्णहरूको अन्तर्वार्ता हुनेछ भने २२ चैत्रमा हुने नतिजा प्रकाशनपछि २८ गतेबाट १० दिनसम्म तालिम गरिनेछ ।

म्यादीमा भर्ना हुनका लागि प्रहरीले महिलाका लागि ५ फिट पुरुषका लागि ५ फिट २ इन्च हुनु पर्ने मापदण्ड राखेको छ । छनौट प्रक्रियामा पुसअप, सेटअप, दौड, स्वास्थ्य परीक्षण, तौल र उचाई नापजाँच गरिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : १२ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको