यस्तो छ संसारकै सबैभन्दा ठूलो विद्युतीय पानीजहाज (फोटो फिचर) « Khabarhub

यस्तो छ संसारकै सबैभन्दा ठूलो विद्युतीय पानीजहाज (फोटो फिचर)


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर केडब्लूएच क्षमताको ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो ।

जहाजले जनवरीमा परीक्षण यात्रा गरेको थियो र मध्यचीनको हुबेई प्रान्तको यिछाङमा रहेको आफ्नो बन्दरगाहमा फर्किएको थियो । शून्य उत्सर्जन हाँसिल गर्ने जहाज थ्री गर्जेज ड्यामबाट उत्पादित स्वच्छ जलविद्युत्द्वारा संचालित रहेको दाबी गरिएको छ ।

सरकारले स्वच्छ ऊर्जा र हरित यातायातमा जोड दिइरहेका बेला विद्युतीय जहाजको महत्व बढेको छ । जहाजलाई याङ्त्जे नदीमा दृश्य अवलोकनको भ्रमणमा प्रयोग गरिएको बताइएको छ । १०० मिटर लामो र १६ मिटर फराकिलो जहाजले १३०० यात्रु बोक्न सक्छ ।

उक्त विशाल जहाज चाइना थ्री गर्जेज कर्पोरेसन र हुबेई यिचाङ यातायात समूहअन्तर्गत याङ्त्जे पावर कम्पनीले निर्माण गरेको हो । एक पटकको चार्जमा जहाजले १०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ ।

२ करोड ३५ लाख डलर लागतमा जहाज निर्माण भएको हो । शून्य प्रदूषण हुने यस जहाजबाट डिजेल इन्जिनको तुलनामा न्यून आवाज र भाइब्रेसन आउछ ।

तस्वीरहरु चाइना न्यूज सर्भिस

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ३ : ४७ बजे

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी

गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी अगाडि; एम्बाप्पे, हालान्ड र केनले अझै मानेका छैनन् हार

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने चासो

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन