विभेदविरुद्ध सडक र संसद्‍मा लडाइँ गर्नुपर्नेमा अध्यक्ष यादवको जोड « Khabarhub

विभेदविरुद्ध सडक र संसद्‍मा लडाइँ गर्नुपर्नेमा अध्यक्ष यादवको जोड


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय र वर्गीय आधारमा भइरहेको विभेदविरुद्ध सडक र संसद्मा लडाइँ गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । सप्तरीको सडक योजनाको शिलान्यास गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

विभेद राष्ट्र निर्माणका लागि बाधक रहेकोले यसलाई जरैबाटै उखेल्नु पर्नेमा जोड दिए । यसैबीच उनले एकै दिन जिल्लाका चार वटा सडक निर्माण योजनाको शिलान्यास गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा थप दुई सडक र क्षेत्र नम्बर १ मा दुई वटा सडकको शिलान्यास गरेका हुन् ।

राजविराज नगरपालिका वडा नम्बर–१० स्थित पूजापाठ गरी दिघबा-बिरौल-डुमरी-भरुवा-झल्हीफर्सेठ-सिगियौंन-तिलाठी-चट्टी टोल-लोखरम-लालापट्टी सडकको उनले शिलान्यास गरे ।

उक्त सडकको कूल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा रमण जेएस आइभी कन्सट्रक्सनसँग उक्त सडक ३१ करोड ३८ लाख ८७ हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ ।

यसैगरी महदेवा गाउँपालिका वडा नम्बर-१ पकरीदेखि-सोनरा-तोपा हुँदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ-विषहरिया सकरपुरा हुँदै रम्पुरा-डलवासम्मको सडक समेत शिलान्यास गरेका छन् ।

उक्त सडकको शिलान्यास तोपामा अध्यक्ष यादवले पूजापाठ गरी शिलान्यास गरेका हुन् । उक्त सडकको कूल बजेट कर ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपैयाँ रहेकोमा रमण जेएस आइभी कन्स्ट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।

यस्तै संघीय सरकारको रणनीतिक सडकअन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह डाढा, पकरी सडक खण्डलाई समेत भारदहमा पूजापाठ गरी शिलान्यास गरेका हुन् ।

राजविराजदेखि भारदहसम्म दुई लेनको रूपमा विकास गरिने जसपा केन्द्रीय सदस्य अशोक यादवले बताए ।

संघीय सरकार र मधेश प्रदेश सरकारको समपूरक अनुदानअन्तर्गत निर्माण हुने सडक खण्ड शिलान्यास कार्यक्रममा संघीय सरकारका भौतिक योजना तथा पूर्वाधार यातायात योजना मन्त्री रेणुकुमारी यादव, संघीय सांसद डा. सूर्य नारायण यादव, मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सांसद मनिशकुमार सुमन राजविराज नगरपालिका मेयर शम्भु यादव, मधेश प्रदेश आम मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, सदस्य अमरेन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ३० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र