खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने « Khabarhub

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु हुने भएको छ । उक्त अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी भएको छ ।

यही चैत २९ गतेदेखी वैशाख ४ गतेसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो ।

टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातसम्बन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, पाँच वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, दुई वर्षदेखि चार वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ ।

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

यस्तै, १९ चैतदेखि ४ वैसाखसम्म पर्चा, पम्प्लेट र पोष्टर वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र अभियान सकिएपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने नेपाल सरकारको तयारी छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ०३ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार