जाजरकोटमा चार दलबीच गठबन्धन गर्ने सहमति | Khabarhub Khabarhub

जाजरकोटमा चार दलबीच गठबन्धन गर्ने सहमति


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहको अध्यक्षतामा बसेको बैठकले सत्तारुढ दलहरूले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिएका छन् ।

गठबन्धनको काम–कारबाहीलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीन जनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने, पालिकास्तरमा सत्ता गठबन्धनको मर्मविपरीत गतिविधि सञ्चालन तथा अभिव्यक्ति नदिन निर्देशन दिने र पालिकास्तरमा पनि चुनावी तालमेलको संयन्त्र निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ३५ बजे

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही