अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ « Khabarhub

अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई रु ७४ हजार १५० सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिङ्गो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : १६ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा