श्रीलंकामा चार मन्त्री नियुक्त, प्रदर्शन कायमै « Khabarhub

श्रीलंकामा चार मन्त्री नियुक्त, प्रदर्शन कायमै


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षले चार मन्त्रीहरू नियुक्त गरेका छन् । बढ्दो आर्थिक संकट र अत्यावश्यक वस्तुको अभाव झेल्न संघर्षरत राष्ट्रपति राजापाक्षले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि उनको मन्त्रिमण्डलका सबै मन्त्रीहरुले राजीनामा दिएका थिए । राष्ट्रपतिले संसद्मा सहभागी सबै दलहरूलाई सरकारमा समावेश हुन आह्वान गरेसँगै नयाँ मन्त्रीहरु नियुक्त गरिएको हो । उनीहरूको शपथ ग्रहण पनि भइसकेको बीबीसीले जनाएको छ ।

नयाँ मन्त्रिमण्डलमा राष्ट्रपति राजापाक्षले आफ्ना भाइ तथा निवर्तमान वित्तमन्त्री बासिल राजापाक्षलाई भने समावेश नगराएको बताइएको छ । उनको स्थानमा अली साबरीलाई वित्तमन्त्री नियुक्त गरिएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा आन्दोलन र प्रदर्शन चर्किएसँगै त्यहाँ आपतकाल लागू गरिएको छ । यद्यपि यसका बावजुद प्रदर्शन भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही प्रदर्शनकारीले भने श्रीलंकाली राजनीतिमा राजापाक्ष परिवारको हालीमुहाली बन्द हुनुपर्ने समेत माग गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ५१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल