सम्मानजनक ढंगले सिट बाँडफाँट नभए मान्य हुँदैन : भट्टराई « Khabarhub

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए मान्य हुँदैन : भट्टराई


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । सिट बाँडफाँटमा भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने उनले बताए ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उनको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । “२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन”–उनले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने भट्टराईले बताए ।

“हाम्रो दल २०७८ सालमा बनेको हो, त्यसैले २०७४ सालको सिट संख्या हामीलाई मान्य हुँदैन”–उनले भने । आफूहरुले संविधान र व्यवस्था बचाउने उद्देश्यले गठबन्धन गरेको भन्दै पेल्न खोजिए गठबन्धन तोड्ने उनले चेतावनी दिए । “चुनामा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं”– भट्टराईले भने ।

उनले आफ्नो दल भविष्यमुखी भएर जन्मेको दावी गरे । “हामी वर्तमानमा होइन, भविष्यमा विश्वास गर्छौ, भविष्यमुखी भएर नै हाम्रो दल जन्मेको हो”–उनले भने ।

सिंहदरबारमा रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँगाउँसम्म पुगेको भन्दै भट्टराईले यसको अन्त्यका लागि पुराना पार्टीको विकल्प खोज्नुपर्ने बताए ।

भ्रष्टाचार रोक्न र संविधानको अपूर्णतालाई पूर्ण बनाउन संविधान संशोधन अपरिहार्य रहेको भट्टराईले बताए । राजनीतिक स्थिरता र सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसदको व्यवस्थामा जानुपर्नेमा भट्टराईले जोड दिए ।

पहिचानका आधारमा प्रदेशहरुको सीमांकन हुनुपर्नेमा त्यसो नभई २ नम्बर प्रदेश बाहेक अरु प्रदेशहरु पञ्चायती व्यवस्थाको विकास क्षेत्रको मोडेलमा भएकाले भारतमा जस्तै सबैको पहिचान झल्किने गरी बनाउनुपर्ने भट्टराईको भनाई छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : २५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग