भारतले सन् २०२३ मा तीन गुणा धेरै गहुँ निर्यात गर्ने « Khabarhub

भारतले सन् २०२३ मा तीन गुणा धेरै गहुँ निर्यात गर्ने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता कम्पनी आइटीसीले आगामी वर्ष सन् २०२३ मा भारतले तीन गुणा बढी गहुँ निर्यात गर्ने जनाएको छ । भारतमा भारतीय खाद्य निगम एफसीआई पछि सबैभन्दा धेरै गहुँको खरिदकर्ता कम्पनी आइटीसीले सन् २०२३ मा २ करोड १० लाख टन गहुँ निर्यात गर्ने अपेक्षा गरेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि वर्ष सन् २०२१ मा भारतले २१ लाख टन गहुँ निर्यात गरेको आइटीसीको कृषि व्यवसाय विभागका विभागीय कार्यकारी रजनिकान्त राइले इकोनोमिक टाइम्सलाई जानकारी दिए । सन् २०२२ मा यो परिमाण बढेर ७० लाख टनसम्म पुगेको थियो ।

आगामी वर्ष सन् २०२३ मा यो परिमाण तीन गुणा बढेर २ करोड १० लाख टन पुग्ने राईको भनाइ छ । विश्वमा जारी भू राजनीतिक अवस्थाका कारण भारतीय गहुँका लागि अन्तर्राष्ट्रिय बजारमा ठूलो अवसर रहेको उनले बताए ।

आइटीसीले सन् २०२२ मा २० लाख टन गहुँ र गहुँबाट उत्पादित सामग्री निर्यात गरिसकेको इकोनोमिक टाइम्सले जनाएको छ ।

हाल भारतले बंगलादेश, श्रीलंका, ओमन, कतार र अरु मध्यपूर्वी मुलुकहरूमा गहुँ निर्यात गर्दै आएको छ । यद्यपि रुस र युक्रेनबीच जारी युद्धका कारण भने भारतीय गहुँ नाइजेरिया, टर्की, इजिप्ट, भियतनाम, तान्जानिया मोरक्को लगायतका मुलुकमा पनि निर्यात हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ४२ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल