कुवेतको सिटी ग्रुप कम्पनीको बसमा दुबै देशका महत्वपूर्ण सम्पदाहरू समेटी तयार गरिएको एक सन्देश मुलक सामग्री « Khabarhub

कुवेतको सिटी ग्रुप कम्पनीको बसमा दुबै देशका महत्वपूर्ण सम्पदाहरू समेटी तयार गरिएको एक सन्देश मुलक सामग्री


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको सिटी ग्रुप कम्पनीको बसमा दुई देशबीच रही आएको मैत्रीपूर्ण एवं सुमधुर सम्बन्धलाई जनस्तरसम्म प्रतिविम्वी गर्न सन्देश मुलक सामग्री सार्वजनिक गरिएको छ ।

नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वर्षका सन्दर्भमा त्यहाँस्थित नेपाली दूतावासको तत्वावधान तथा सिटी ग्रुप कम्पनीको सहयोगमा कम्पनीका केही बसहरू मार्फत दुई मुलुक बीच रही आएको मैत्रीपूर्ण एवं सुमधुर सम्बन्धलाई जनस्तरमा समेत प्रतिविम्वित गराउने उद्देश्यले सन्देश मुलक सामग्री सार्वजनिक गरिएको हो ।

दुबै देशका केही महत्वपूर्ण सम्पदाहरू समेत समेटी तयार गरिएको एक सन्देश मुलक सामग्री सोमबार एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको दूतावासले जनाएको छ । उक्त सामग्री कम्पनीका बसहरूका पृष्ठ भागमा अंकित गरिएको छ ।

कुवेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारी र सिटी ग्रुप कम्पनीका प्रमुख कार्यकारी अधिकृत धीरज भारद्वाज  रिवन काटी दृश्य सामग्री सार्वजनिक गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भण्डारीले नेपाल र कुवेत बीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ एवं विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।

उनले यो विशेष अवसरमा दूतावासको अनुरोधलाई सहर्ष स्वीकार गरी पुर्‍याएको सहयोगका लागि सिटी ग्रुप कम्पनीका व्यवस्थापनलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. भारद्वाजले पनि यो विशेष अवसरमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका थिए । नेपाल र कुवेत बीच सन् १९७२ मा स्थापना भएको कूटनीतिक सम्बन्ध सन् २०२२ मा ५० वर्ष पुरा हुँदैछ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ४० बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने