विवाह गर्ने प्रलोभन दिई रकम ठगी गरेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

विवाह गर्ने प्रलोभन दिई रकम ठगी गरेको आरोपमा एकजना पक्राउ


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन उनले लगाएको प्रहरीले जनाएको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो ।

उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  २ : २७ बजे

एन्फा लिग : काँक्रेविहार र जनजागृतिले बराबरी खेल्दा, टाइगर्सविरुद्ध हैरान्सको पाँच गोल

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा

काभा महिला भलिबल : नेपाल र किर्गिस्तानबीच आज उपाधि भिडन्त 

काठमाडौं– १९ वर्षमुनिको सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) महिला भलिबल

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा