मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता : मन्त्री कार्की « Khabarhub

मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता : मन्त्री कार्की


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

प्रेस युनियनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नुपर्ने बताएका हुन् । उनले फरक फरक भूमिकामा रहेकाहरुले पनि मुलुकलाई समृद्धको बाटोमा अघि बढाउन एकताबद्ध हुनुपर्ने धारणा राखे। १० वर्षमा धनी र सुन्दर शान्तिको देश बनाउनका लागि पनि अग्रसर हुनुपर्ने उनको भनाइ छ । उनले  मुलुकलाई अघि बढाउन देखिने चूनौतीहरुलाई पनि समाधान गर्दै लैजानुपर्ने जिकिर गरे।

उनले समृद्धि बिना समाजलाई गतिशीलता दिन नसक्ने भन्दै जनताको आकांक्षालाई पुरा गर्न संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सरकार प्रतिवद्ध रहको उल्लेख गरे। कार्यक्रममा फोनिज र सञ्चारीका समूहको नयाँ नेतृत्व लगायतलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : २४ बजे

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२

आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा

ललितपुर– चार महिनाअघि पुल्चोकस्थित ‘दाउरा’ रूफटप मा भएको भीषण आगलागीपछि

एकैदिन तोलामा १२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल