'लक्का जवान' को ट्रेलर सार्वजनिक, फिल्म वैशाखमा  | Khabarhub Khabarhub

‘लक्का जवान’ को ट्रेलर सार्वजनिक, फिल्म वैशाखमा 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

कमेडी ड्रामा फिल्मलाई आउँदो वर्षको वैशाख २३ मा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।

किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’को समेत निर्देशन गरेका शिवहरिको यो पहिलो फिचर फिल्म निर्देशन हो।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : २१ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको