निफ सम्पन्न, ‘महानगर’ को ह्याट्रिक  « Khabarhub

निफ सम्पन्न, ‘महानगर’ को ह्याट्रिक 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा मोहन राई निर्देशित फिल्म ‘महानगर’ ले ह्याट्रिक गरेको छ । 

फिल्मबाट निर्देशक मोहन राईले लेखन र निर्देशन विधाका दुई अवार्ड पाएका थिए भने फिल्मबाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । नेसनल फिचर विधा तर्फ प्रतिस्पर्धी रहेको फिल्मले उत्कृष्ट फिल्मको पनि पुरस्कार हात पार्‍यो । 

फिचर फिल्म तर्फकै विधामा ‘चिसो एस्ट्रे’ ले दुई विधामा पुरस्कार जित्यो । फिल्मबाट दिव्य देवले अभिनेतामा र उज्जवल बस्ताकोटीले छायांकनमा पुरस्कार जित्न सफल भए । देशी विदेशी गरी विभिन्न १४ विधामा बाँडिएको महोत्सवमा डन किहोटे अवार्ड ‘साइलेन्स ट्री’ ले पायो । फैजल सयसलको निर्देशनमा बनेको फिल्मलाई जुरी मध्येका एक मञ्जु कुमार श्रेष्ठले विजेता घोषणा गरेका थिए ।  

नेसनल पानोरम अन्तर्गत सर्ट फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड बच्चन व्यञ्जनकारले जिते भने फिल्म तर्फको अवार्ड ‘आइसक्रिम’ ले जित्यो । संगीता श्रेष्ठ निर्देशित फिल्मले यौन हिँसाको विषयलाई प्रस्तुत गरेको छ । 

कार्यक्रममा उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड भने ‘अल सिट’ ले पाएको छ । त्यस्तै, मन्जुश्री अवार्ड अन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड ‘गोर्खा गल्सर्’ का लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड ‘आउट अफ थिन एयर’ ले पाएको छ । त्यस्तै उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मलाई दिइने गौतमबुद्ध अवार्ड ‘नो ग्राउन्ड विनिथ द फिट’ ले पाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : २८ बजे

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन,

लुम्बिनीविरुद्ध विराटनगरलाई दोस्रो बलमै धक्का, आउट भए जर्ज

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले फिल्डिङ्ग गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ : लुम्बिनी लायन्सले टस

महानिर्देशक अधिकारीलाई पुर्‍याइयो विशेष अदालत, १३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयनका प्राधिकरणका महानिर्देशक

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

लेखनाथ– बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश