युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला « Khabarhub

युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले युक्रेनको ऊर्जा संयन्त्रमा भयानक हमला गरेको छ । क्रिसमसकै दिन रूसले युक्रेनका कयौं शहरमा ब्यालेस्टिक र क्रुज मिसाइलबाट हमला थालेको हो ।

युक्रेनी ऊर्जामन्त्री जर्मन गलुशेन्कोले दुश्मन (रूस)ले आफ्ना ऊर्जा संयन्त्रमा पुनः व्यापक मात्रामा हमला गरिरहेको बताएका छन्‌ ।

सो हमलाबाट युक्रेनका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सरकारले पनि हमलाका कारण बिजुली प्रवाह रोकिदिएको छ ।

युक्रेनको दोस्रो ठूलो शहर खारकीभमा रूसले सघन हमला गरेको छ । बीबीसीमा उल्लेखित समाचारअनुसार; यतिखर खारकीभ शहर रूसी मिसाइल हमलाबाट ध्वस्तजस्तै भएको छ ।

युक्रेनी ऊर्जामन्त्रीले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्‌ । उनले हमला रोकिएपछि मात्र ऊर्जा कम्पनीले क्षति अनुमान गर्न सक्ने बताएका छन्‌ ।

खारकीभका मेयर आयोर तेरेखोवले शहरमा ठूलो सङख्यामा मिसाइल दागिएको जानकारी दिएका छन्‌ । एकपछि अर्को धमाका भइरहेको छ, बिस्फोटको आवाज सुनिन छाडेको छैन ।

शहरका क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोवले रूसी हमलाबाट कम्तिमा ६ जना घाइते भएको जनाएका छन् । कयौं भवन क्षतिग्रस्त भएका छन्‌ ।

खारकीभ शहर युक्रेनको उत्तर-पूर्वी इलाकामा रूस नजिक छ । हालैका महिनामा युक्रेनका अधिकांश ऊर्जा संयन्त्रमा रूसले हमला गरेको छ । रूसी हमलाकै कारण युक्रेनको राजधानी कियभ र निप्रो लगायत कयौं इलाकामा विद्युत कटौती भएको छ ।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले आफ्नो थर्मल पावर प्लान्टमा रूसले आक्रमण गरेको जनाएको छ । कम्पनीका अनुसार: रूसी हमलाबाट प्लान्टमा निकै ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ३ : ३४ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको