कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान « Khabarhub

कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरेका छन् ।

कांग्रेस ललितपुरले शुक्रवार आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले कांग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

“कांग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिने छ”, सभापति देउवाले भने, “देशभर नै अरु पार्टीबाट कांग्रेस प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली काङ्गेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।”

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गरे ।

कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले महँगी, अनियमितता र भष्टाचार नियन्त्रणमा कांग्रेस सदैव लागिपर्ने बताए । कांग्रेस तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले वर्तमान सरकारले प्रेस स्वतन्त्रता हनन गरेको आरोप लगाए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : ०१ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम