व्यापार नै सफल जीवनको आयाम : मानन्धर | Khabarhub Khabarhub

व्यापार नै सफल जीवनको आयाम : मानन्धर


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार नै सफल जीवनको आयाम भएको बताएका छन् ।

व्यापार व्यवसाय गर्दा जीवन सबल हुने भन्दै उनले सबैले उद्यमी बन्नुपर्ने बताएका छन् ।

व्यापार व्यवसायबाट घरपरिवारको मात्रै नभई देशले नै काँचुली फेर्ने उनको भनाइ छ । भक्तपुरको सूर्यविनायकमा कार्यालय स्थापना गरी बुधबारदेखि सेवा शुभारम्भ गरेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै उनले सबैले इमानदारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले आफ्नो वडामा मात्र ४४ वटा सहकारी संस्था रहेको जानकारी दिए । नगरपालिकाभरिमा चार सय ४४ वटा सहकारी संस्था रहेका उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गौतम सुजखू, सचिव तीर्थरत्न राजचल, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले साना उद्योगी व्यापारीलाई सहज कर्जा दिई सहयोग गर्न संस्था स्थापना गरेको बताएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ५७ बजे

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति

प्रतिनिधिसभा बैठक बस्दै, सम्बन्धित मन्त्रीहरुले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र