कविता सुनुवार हत्या प्रकरणः दुई आरोपी पक्राउ « Khabarhub

कविता सुनुवार हत्या प्रकरणः दुई आरोपी पक्राउ


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको बेलका नगरपालिका–३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई उदयपुर बेलका–३ बस्ने बिनोद ढकाल र बेलका–३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुुरले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गर्नुका साथै बालिकाको हत्या भएको सूचना पाएको दुई घण्टाभित्र हत्यामा संलग्नहरूलाई पक्राउ गर्न उदयपुर प्रहरी सफल भएको जनाएको छ ।

सार्वजनिक गरिएका आरोपी ढकाललाई ७ दिन र नाबालिकालाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिएका छन् ।

सुनुवारलाई ढकाल र नाबालिकाले योजनाबद्ध ढंगले बियरको बोतल र ढुंङ्गाले किचेर हत्या गरेको खुल्न आएको छ । विद्यालयमा भएको सामान्य झगडाको रिसिइबीका कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरका राजनीतिक दल एवम् विभिन्न संघ संस्था तथा अधिकारकर्मीहरूले कविता सुनुवार हत्याको सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ४९ बजे

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

स्याङ्जा–१ मा रास्वपा उम्मेदवार अगाडि, कांग्रेसले पछ्याउँदै

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ मा

चितवन–३ मा सोविता अगाडि, रेनु पछ्याउँदै

काठमाडौं-चितवन–३ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार सोविता अग्रस्थानमा छिन्। उनले