पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश « Khabarhub

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वीनवलपरासी— जिल्ला अदालतले किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अन्तिम फैसला नआएसम्मका लागि अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले भनेको छ ।

शाहलाई तनहुँस्थित थुनामा राखिने छ । प्रहरीले शाहलाई बुधबार राति तनहुँ लगेको छ ।

यसअघि, बुधबार नै शाहको पूर्वी नवलपरासी अदालतमा थुनछेक बहस सकिएको थियो ।

अदालतमा तीन सरकारी वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका थिए ।

उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका थिए । त्यस्तै शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ वकिलले बहस गरेका थिए ।

बलात्कार आरोपमा पक्राउ परेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिइएको हो ।

वैशाख ७ गते जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ०४ बजे

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि