जयबागेश्वरीमा हरसिद्धि जात्रा शुक्रबारदेखि | Khabarhub Khabarhub

जयबागेश्वरीमा हरसिद्धि जात्रा शुक्रबारदेखि


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको जयबागेश्वरी २५ चैतदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । लामो समयदेखि १२/१२ वर्षमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।

जात्रा बाह्र वर्षपछि २५ देखि २८ चैतसम्म चार दिन जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलिप वैद्यले बताए । जात्रालाई सहज ढङ्गले सञ्चालन गर्नका लागि समिति गठन गरिएको छ । २०६६ सालदेखि जनसहभागिताबाट रकम सङ्कलन गरी जात्रा सञ्चालन गरिँदै आइरहेको छ ।

लामो समयसम्म रोकिएको जात्रा २०६६ सालबाट जनसहभागितामा जात्रा आयोजना गर्दै आइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले बताए । यसपटक जात्राका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेको वैद्यले बताए।

२५ चैत दिउँसोबाट जात्रा विधिवत् रूपमा सुरूवात गरि २६ र २७ गते हरसिद्धि डबली, जयबागेश्वरी डबलीमा नाच प्रदर्शन गरिनेछ । यस्तै २८ चैतमा हरसिद्धिको पूजापश्चात जात्रा सम्पन्न हुनेछ ।

त्रिशक्ति हरसिद्धिको बास बसुञ्जेल अन्य बाजा बजाउन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।

हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । काठमाडौँको जयबागेश्वरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको क्षेत्र हो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १२ : ०२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक