खोटाङको नोभे वैदेशिक रोजगार सुरक्षित टोल घोषणा « Khabarhub

खोटाङको नोभे वैदेशिक रोजगार सुरक्षित टोल घोषणा


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ ।

वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने विधिका विषयमा पर्याप्त सूचना पाएको, विदेश गएका आफन्तको सम्पूर्ण कागजातको फोटोकपी घरमा राखेको, सिप र तालिम लिएर मात्र विदेश गएको, वित्तीय साक्षरता कक्षा पाएको, विदेशबाट भित्रिएको रेमिट्यान्सको सदुपयोग भएको लगायतका मापदण्ड पूरा भएपछि टोललाई वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको हो ।

हेल्भिटास नेपालको प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको सहजिकरण र वैदेशिक रोजगार सरोकार समाजको सक्रियतामा वैदेशिक रोजगार सुरक्षित टोल घोषणा अभियान सफल भएको हो ।

वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवारले सुरक्षित तरिकाले विदेश जाने प्रकृयादेखि वैधानिक मेनपावरबाट मात्र विदेश जाने, मेनपावर वा एजेन्टलाई बुझाएको रकमको भरपाई वा अन्य प्रमाण लिने, सरकारले खुला नगरेका देशमा मात्र जाने, विदेश जाँदाका प्रयोग भएका कागजपत्रको प्रतिलिपि घरमा छाड्ने, विदेशमा करार अवधिभन्दा बढी बस्न नहुने, समस्या परेको बेला सहयोग गर्ने निकायका बारेमा जानकारी राख्ने लगायत जानकारी पाएको आधारमा वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको सामीका कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

वैदेशिक रोजगार सुरक्षित टोल अभियानका क्रममा १४ घरलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको र विदेशमा समस्यामा परेका एक जनालाई सहयोग गरिएको जनाइएको छ ।

दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको उपस्थितिमा नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो ।

पाँच वर्षअघि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको अधिकारी टोल र तीन वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत गाउँलाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : १९ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज