गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त, आजै सपथ « Khabarhub

गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त, आजै सपथ


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद् गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।

मन्त्रीमा नियुक्त गरिएका बन्दीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने बुझिएको छ ।

प्रधानमन्त्री देउवाले गैरसांसद्लाई मन्त्री बनाएका हुन् ।

बन्दी गैरसांसद् रहेकाले उनले ६ महिनाभित्र संघीय संसदको सदस्य बनिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा अधिवक्ता बन्दीले विपक्षमा बहस गरेका थिए ।

उनले एमसीसी पारित गर्न पनि भूमिका निर्वाह गरेका थिए । बन्दीलगायतको प्रयासमा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारिएको थियो ।

बन्दी अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार कानुनका ज्ञाता हुन् । उनी नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : ५३ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र