नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित ‘होटल आनन्द’ मा सरकारले लगायो ताला « Khabarhub

नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित ‘होटल आनन्द’ मा सरकारले लगायो ताला


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ ।

शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो । त्यसअघि होटल बन्द गर्ने पत्र लिएर पुगेको सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । विवाद बढ्दै गएपछि कोषले मूल गेटमा ताला लगाएको हो ।

कोषले चैत्र १७ गते सम्झौता विपरितको काम गरेको भन्दै होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो भने सोमबार पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ०६ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको