‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरु गर्दैछौँः शिक्षामन्त्री « Khabarhub

‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरु गर्दैछौँः शिक्षामन्त्री


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरु गरिने जानकारी दिएका छन् ।

दक्षिणकाली नगरपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयको वार्षिकोत्सवमा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरु हुने जानकारी दिएका हुन् ।
उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि बताए ।

‘हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लगौँ भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भने, ‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा बढी छ ।’

उनले लोक सेवा आयोगको परीक्ष ापास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको भन्दै एकै किसिमको बनाउने गरी पहल भइरहेको पनि बताए ।

‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं’ उनले भने ।

‘सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायका रूपमा अघि बढाऔँ, मन्त्री पौडेलले भने, ‘पेशालाई मर्यादित बनायौँ भने शैक्षिक सुधार आफै हुन्छ ।’

शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभई सेवासहितको डिउटी भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : ०८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र