आजको मौसम : देशभर आंशिक बदली, हावाहुरी चल्ने सम्भावना « Khabarhub

आजको मौसम : देशभर आंशिक बदली, हावाहुरी चल्ने सम्भावना


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शनिबार) देशभरको मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसमी जानकारी दिँदै देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

विभागका अनुसार पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुनेछ । यस्तै पश्चिमी पहाडी क्षेत्रको मौसम पनि सामानय बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । पूर्व तथा मध्य भूभागका केही र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्को वरुण पौडेलले जानकारी दिए ।

मौसमविद् पौडेलका अनुसार आज हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । मनसुन पूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेकाले बेलुका वा रातिको समयमा देशको पश्चिम तथा मध्य क्षेत्रमा चट्याङ पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना हुने भएकाले सचेत रहन उनले आग्रह गरे ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको जानकारी यस्तो छ ।

जेठ २५ गते (शनिवार):

दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ २६ गते (आईतवार)

दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २७ गते (सोमवार)
दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ९ : ०४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल