माल्टामा मापसे गरेर मोटरसाइकल हाँक्ने नेपाली पक्राउ « Khabarhub

माल्टामा मापसे गरेर मोटरसाइकल हाँक्ने नेपाली पक्राउ


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा भूमध्य सागरीय मुलुक माल्टामा एक जना नेपाली पक्राउ परेका छन् । माल्टामा खानेकुराको डेलिभरी गर्दै आएका ३० वर्षे श्रीकृष्ण पंगेनीलाई पक्राउ गरिएको माल्टाबाट प्रकाशित हुने माल्टा टुडे अनलाइनले जनाएको छ ।

मध्य माल्टाको बिरकिरकारा शहरमा मोटरसाइकलमा खानेकुरा डेलिभरी गर्ने क्रममा उनले प्रहरी चेकपोष्टमा मोटरसाइकल नरोकी हुँइकिएका थिए । पछि प्रहरीले पछ्याएपछि उनले रक्सी पिएर मोटरसाइकल हाँकेको पत्ता लागेको थियो ।

प्रहरीले उनीमाथि मापसे गरेको, खतरानक हिसाबमा गाडी कुदाएको, सवारी अनुमतिपत्र लाइसेन्स र इन्स्योरेन्सबिना सवारी हाँकेको जस्ता ११ वटा नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक क्रिष्टबेल चेटचुटीलाई उद्धृत गर्दै माल्टा टुडेले जनाएको छ ।

यद्यपि प्रहरीले पक्राउ गरेपछि भने उनले आफ्ना गल्ती स्वीकार गरेको र अदालती कारवाही नसकिँदा सम्मका लागि उनलाई जमानतमा रिहा गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : १९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु