आइतबार सूर्यदेवको पूजा गर्नुहोस् (विधिसहित) | Khabarhub Khabarhub

आइतबार सूर्यदेवको पूजा गर्नुहोस् (विधिसहित)


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दुधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

यस्तो छ पूजा गर्ने विधि:

आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ। पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ।

त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।

निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्। यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ४२ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि