धरहराबाट एक महिनामा ५५ लाख राजस्व सङ्कलन « Khabarhub

धरहराबाट एक महिनामा ५५ लाख राजस्व सङ्कलन


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः निर्माण सम्पन्न गरिएको ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कस्वरूप  ५५ लाख राजस्व सङ्कलन भएको छ ।

गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्मा ५५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले हप्ताको एक दिन बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार २०० जनाले धरहरा चढ्ने गरेका बताए ।

‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने ।

निर्देशक अर्यालका अनुसार बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको छ ।

समय अभावका कारण सबैलाई टिकटको व्यवस्था गरी ऐतिहासिक धरहराको अवलोकनको व्यवस्था गर्न सकिएको छैन । पछिल्लो समय छिमेकी मुलुक भारतबाट समेत ऐतिहासिक धरहरा अवलोकन गर्न आउने गरेका छन् ।

बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५०० भन्दा बढीले धरहरा चढेर अवलोकन गर्ने अनुमान छ । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो ।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा  २० र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ छ । रासस

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : ४६ बजे

प्रधानमन्त्री बालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज