मेक्सिकोमाथि दण्डात्मक कर लाउने निर्णयबाट अमेरिका पछि हट्यो | Khabarhub Khabarhub

मेक्सिकोमाथि दण्डात्मक कर लाउने निर्णयबाट अमेरिका पछि हट्यो


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको चेतावनीपछि मेक्सिकोले आप्रवासीहरुको अवैध प्रवेश रोक्नका लागि कडा कदम उठान सहमति जनाएको छ । आप्रवासीहरुको अवैध प्रवेश अमेरिकामा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि मेक्सिकोले उचित कदम नचालेको आरोप लगाउँदै अमेरिकाले मेक्सिकोका उत्पादनमाथि थप पाँच प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएको थियो ।

आउने सोमबारदेखि आयात शुल्कमा दण्डात्मक कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि मेक्सिकोले आप्रवासीको अवैध प्रवेशमा नियन्त्रण गर्ने सम्बन्धमा एक सम्झौता गरेको ह्वाइट हाउसले जनाएको छ । योसँगै तत्कालका लागि मेक्सिको विरुद्ध दण्डात्मक कर लगाउने अमेरिकी निर्णय स्थगित हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले एकपछि अर्को ट्वीट गर्दै अमेरिका र मेक्सिकोबीच एक लिखित सम्झौता भएको कुरा बताउँन पाउँदै अत्यन्तै खुशी लागेको बताएका छन् ।

मेक्सिकोले आगामी दिनमा आप्रवासीहरुको अवैध प्रवेशमा सशक्त कदम नउठाए मेक्सिकोबाट उत्पादित वस्तुमा लाग्ने आयात शुल्कमा थप पाँच प्रतिशत वृद्धि गर्ने र आगामी अक्टुबरसम्ममा २५ प्रतिशत पुर्‍याउने अमेरिकी राष्ट्रपतिले बताएका छन् । दुई देशबीच भएको सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ३२ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको