पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्न दुई मनोनयन दर्ता « Khabarhub

पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्न दुई मनोनयन दर्ता


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनका लागि दुई मनोनयन परेको छ ।

नयाँ प्रधानमन्त्री बन्नका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका अध्यक्ष शहबाज शरिफइमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह मोहम्मद कुरैशीले मनोनयन दर्ता गराएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि संसद् सचिवालयले आवेदकले दिउँसो दुई बजेसम्म नयाँ प्रधानमन्त्रीको मनोनयन दर्ता खुला गरेको थियो । यद्यपि पीटीआईले मनोनयन प्रक्रिया ढिला गरी शुरु गर्न गरेको आग्रहलाई सचिवालयले अस्वीकार गरेको थियो ।

नयाँ प्रधानमन्त्री चयन गर्न भोलि सोमबार दिउँसो २ बजे संसद् अधिवेशन डाकिएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार कुनै आश्चर्य नभए शरिफ प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।

पाकिस्तानमा सरकार बनाउन पाकिस्तानी संसद्‍मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट चाहिन्छ । यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ३६ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग