पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्न दुई मनोनयन दर्ता « Khabarhub

पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्न दुई मनोनयन दर्ता


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनका लागि दुई मनोनयन परेको छ ।

नयाँ प्रधानमन्त्री बन्नका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका अध्यक्ष शहबाज शरिफइमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह मोहम्मद कुरैशीले मनोनयन दर्ता गराएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि संसद् सचिवालयले आवेदकले दिउँसो दुई बजेसम्म नयाँ प्रधानमन्त्रीको मनोनयन दर्ता खुला गरेको थियो । यद्यपि पीटीआईले मनोनयन प्रक्रिया ढिला गरी शुरु गर्न गरेको आग्रहलाई सचिवालयले अस्वीकार गरेको थियो ।

नयाँ प्रधानमन्त्री चयन गर्न भोलि सोमबार दिउँसो २ बजे संसद् अधिवेशन डाकिएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार कुनै आश्चर्य नभए शरिफ प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।

पाकिस्तानमा सरकार बनाउन पाकिस्तानी संसद्‍मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट चाहिन्छ । यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ३६ बजे

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो

लोकतन्त्र सुदृढीकरणका लागि संसद महत्त्वपूर्ण संस्था हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा