तालिबान सरकारलाई मान्यता दिन चीनलाई हतारो « Khabarhub

तालिबान सरकारलाई मान्यता दिन चीनलाई हतारो


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिन हतार गरिरहेको एक गैर नाफमूलक संस्थाले खुलासा गरेको छ ।

अमेरिकामा रहेको ग्लोबल स्ट्राट भ्यूले जनाएअनुसार ३० खर्ब डलर बराबरको खनिज पदार्थ रहेको अफगानिस्तानमा चीनको चासो बढ्दै गएसँगै तालिबान सरकारलाई मान्यता दिन चीनले हतार गरेको हो ।

संस्थाले जनाएअनुसार अनिश्चित अवस्थाको फाइदा उठाउँदै चीन आफ्नो सीमाको सुरक्षा गर्न र खनिज आवश्यकता पूरा गर्नका साथै आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजनालाई मूर्तरुप दिनका लागि अफगानिस्तानमा तालिबानसँग नजिकिन चाहन्छ ।

तालिबानको शासनमा चीनको सिन्जियाङ प्रान्तमा आधारित इष्ट तुर्केस्तान इस्लामिक मुभमेन्ट जस्ता आतंककारी समूहले सक्रियता बढाउने भएकाले यसबारे चीन सचेत रहेको समेत उक्त संस्थाले जनाएको छ ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यीले एकाएक अफगानिस्तानको भ्रमण गरेबाट चीनले तालिबानलाई मान्यता दिन तयार रहेको देखिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : १६ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज