एक साता अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय « Khabarhub

एक साता अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यकबाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ।

आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । आयात बढेर विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएपछि राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउन र अर्थतन्त्रलाई संकटमा जानबाट रोक्न पनि अत्यावश्यकसहितका वस्तुको आयात कम गर्न नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

कम्तीमा एक हप्ता ठप्प बनाउने र त्यसपछि आवश्यकताका आधारमा निर्णय गर्नुपर्ने संघको निर्णय छ । राष्ट्र बैंकले केही दिन पहिले सबैं बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।

बैंकहरुले आफू खुसी निर्णय कार्यान्वयन गरे पनि संघमा भने आइतबार पहिलो पटक अत्यावश्यक बाहेकको एलसी ठप्पै पार्ने सहमति भएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : १८ बजे

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन

वर्षाले चितवनको रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

चितवन– अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि